काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैंकले आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा पुगेको छ भने एक युरोको खरिद दर १४० रुपैयाँ ६६ पैसा र बिक्री दर १४१ रुपैयाँ ३० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १५८ रुपैयाँ ६२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


