काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी विनिमय दरभाउ निर्धारण गरेको छ।
बैकका अनुसार आज युरो १ को खरिद गर्न दर १२८ रुपैयाँ १२ पैसा चाहिन्छ भने तथा बिक्री दर १२८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ। पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


