काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधबार १०० भारतीय रूपैयाँको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी आज १ अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो । भने युरो एकको खरिद दर १४४ रूपैयाँ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ ।


