काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
मंगलबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ।
यसैगरी एक बेलायती पाउण्डको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


