काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैंकले अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा पुगेको छ भने एक युरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


