काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ भने १ युरोको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


