काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
मंगलबार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ भने एक युरोको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


