काठमाडौं । जल तथा मौसम विभागले अनुसार पाँच प्रदेशमा पानी पर्ने जनाएको छ ।
अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


