काठमाडौं । जघन्य हत्यामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।
कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेतासमेत रहेका ढकालले २९ असार २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार गर्दा मृत्यु भएको थियो।
जघन्य हत्यामा संलग्न रिगल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस अवसरमा जेल सजाय माफ गरेपछि कारागार मुक्त भएका छन्। राजनीतिक आडमा मान्छे मार्नेलाई छाडिएको भन्दै मानन्धरकी पत्नी भारतीय शेर्पाले गत आइतबार सर्वोच्चमा राष्ट्रपतिको माफी मिनाहाविरुद्ध रिट दायर गरे पनि पटक–पटकको हेर्न नभ्याइनेमा परेको थियो।


