काठमाडौं । वरिष्ठ साहित्यकार परशु प्रधानको गएराति ८० वर्षको उमेरमा निधन भएको छ ।
वि.सं. २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
प्रधानका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्यलगायत १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरू पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।


