काठमाडौं । राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । राधी खोलामा आएको बाढी र पहिरोको कारणले आयोजनामा क्षति पुगेकोले आयोजनाको विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ४।४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजनाको हेडवर्क्स र हेडरेस पाएपमा क्षति पुगेको छ । साथै सोको निराकरणको लागी आवश्यक कार्य अगाडी बढाईसकेको र निकट भविष्यमा कार्य सम्पन्न भए पश्चात आयोजना पुनः संचालन हुने कम्पनीले जनाएको छ।


