काठमाडौं । आज दिउँसो १ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने गरी तय गरिएको छ ।
आजको बैठकको कार्यसूचीमा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गर्ने रहेको छ ।
यस्तै, विषयगत समितिमा रहेका सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका साथै राष्ट्रियसभा विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्ने सम्भावित सूची छ ।
यसैगरी आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने जनाइएको छ ।


