काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
आज सम्पन्न साधारणसभाले ५.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए।


