काठमाडौं । रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरुलाई वितरण गरेको बोनश आज सूचीकृत भएको छ ।


