काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानी सम्मेलनका लागि अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगञ्जमा गरेको ‘वीरगञ्जको वैभव’अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून संशोघन गरिने बताए ।
त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनको भनाइ थियो ।
तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते हुँदैछ ।


