काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संसदबाट भागेको आरोप लगाएको छ ।
कांग्रेसको आएतबार बिहान बसेको संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुँदै संसदको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकारले अर्को अधिवेशन बजेट अधवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असामयिक रुपले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताए।


