काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेका कारण लामो समयदेखि स्थगित हुँदै आएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै लामो समयदेखि निरन्तर संसद अबरोध गर्दे आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । एमालेले भने १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन ।
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको छ । ।


