काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी स्थगित भएको छ।
सन्दीप पक्षको वकिलको निवेदनका कारण पेशी स्थगित भएको हो ।
बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो। सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ।


