काठमाडौं । सरकारले सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ।
‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो।
यसबोरमा बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१०/२९ को निर्णयानुसार मिति २०७९/११/०१ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा रहेको व्यहोरा जानकारी गराइन्छ। उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ।’


