सुनको मूल्यमा बृद्धि
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य छापावल प्रतितोला ९४ हजार ५ सय, तेजावी ९४ हजार र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
गत शुक्रबार छापावल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य १२ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।


