काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ ।


