काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सोचेजस्तो परिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले आज सरकारको नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरूअनुसार काम हुन नसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको बताए ।


