काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले सोमबारबाट स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
स्थानीयसँगै आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समेत आवेदन दिन पाउनेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अङ्कित सेयरमा १२५ रुपैयाँ थपेर प्रतिकित्ता २२५ रुपैयाँमा बिक्री खुलाएको हो ।
उद्योगको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको छ । यसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ भने भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।


