काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा १६ लाख भन्दा धेरैले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्म कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।
कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । गत बुधबारदेखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।


