काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । हिमालयन लाइफले शनिवार पोखरामा आयोजित समारोहका बीच उक्त सम्मान प्रदान गरेको हो ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल–२०२३मा सहभागी हुन योग्य हुनुभएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले मिलियन डलर राउन्ड टेबल–२०२३ मा सहभागी हुन योग्य भएका हिमालयन लाइफको एमडीआरटी अभिकर्ताहरुहरुलाई खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहालले स्वागत मन्तब्य व्यक्त गरे ।
उपप्रमुख कार्यकारी अधिकृत दहालले मिलियन डलर राउन्ड टेबल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मिलियन डलर राउन्ड टेबल–२०२३ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जान शुभकामना व्यक्त गरे, कम्पनीलाई उच्च स्थानमा पु¥याउन अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।


