काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा हुतराज थापालाई नियुक्त गरेको छ । सोमबार बसेको क्याविनेट बैंठकले थापालाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।
प्रमुख यदुलाल खरेलले आजदेखि अनिवार्य अवकाश पाएका छन् । सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गुप्तचरको हाकिम बन्ने लाइन र प्रतिष्प्रर्धामा त्यहाँका एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई नै प्रमुख नियुक्त गरेको हो । थापाले तीन वर्षका लागि कार्यकाल सम्हाल्दै छन्।हिजोको क्याविनेटले डिआईजी टेकेन्द्र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।


