काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ ।
आज नेप्से २७.९० अंकले बढेको हो । । आज १ करोड ५ लाख ४९८ कित्ता खरिदबिक्रीबाट ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार मात्रै ३० अंकले घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो ।
जसमा दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टकचर एण्ड डेभल्पमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, भग्वती हाइड्रोपावर डेभल्पमेन्ट लिमिटेड, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् ।


