काठमाडौं । आज देशका पहाडी र तराई क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।


