काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेको हो ।
आज २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा कारोबार भयो।
सामान्य अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीयको ९.९१,गणपति लघुवित्त वित्तीयको ८.३९ र सृजनशील लघुवित्त वित्तीयको ७.६९ प्रतिशतले बढ्यो।


