काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेट गरेको छ ।
उनीहरुले मंगलबार मन्त्रीसँग भेट गरेका हुन् । पेट्रोलियम तथा ग्यास सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको सहसचिवस्तरीय चौथो बैठकमा भाग लिन ईसा नेतृत्वको टोली काठमाडौं आएका हुन् ।
पेट्रोलियम तथा ग्यास सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो ।


