काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले देशको आर्थिक अवस्था खराव भए पनि व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनले आईबीएन मिडिया एन्ड रिसर्चले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी हतोत्साही हुनु नपर्ने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको समयमा एकले अर्कोलाई देखाएर पन्छिनु हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ,’ ‘अहिले व्यवसायी निरास भएको अभिव्यक्ति दिँदै आउनु भएको छ । तर, तपाईंहरू निरास हुने अवस्था छैन । योभन्दा खराब अवस्था आउँदैन । निरास नहुनुस् ।’
तर, अब नीति बनाउँदा सकारात्मक आश हुने खालका आउनुपर्ने उनले बताए । दक्ष जनशक्ति उत्पादन बढाउनुपर्ने उनले बताए ।
वैदेशिक रोजगारीमा जानेलाई पनि दक्ष बनाउनु पर्ने उनले बताए । यसले रेमिट्यान्स बढाउन सहयोग गर्ने उनको भनाइ छ । अख्तियारको केसले निजी क्षेत्र डराएको भन्दै उनले यसले मनोवैज्ञानिक हिसाबले निजी क्षेत्रको योगदान घट्ने उनले बताए ।


