काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली विराटनगर पुगेका छन् । उनी कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न त्यता गएका हुन् ।
आजदेखि विराटनगरमा अधिवेशन सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बताइएको छ । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् ।
। अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने भएका छन् ।


