काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति रहेका लामा क्यान्सर रोगबाट पीडित थिए ।
ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए ।


