काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन्। उनी ७३ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए। दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ। मंगलबार निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण गरेका छन्।
चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मलहोत्रा निर्वाचित भएका छन्। यस्तै, जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ र द्धिराष्ट्रियमा निलकण्ठ चौलागाईं निर्वाचित भएका छन्।
७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीत बाहेक ५५ जना केन्द्रीय सदस्य चयन गरिएको छ।


