काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी ३ दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
आइतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो नलागेको बताए ।
उनले भने, ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । सम्भवतः २÷३ दिन भित्रमा यसले पूर्णता पाउँछ ।’


