काठमाडौं । विहीबार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।
आज जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहान ११ बजे बैठक बस्नेछ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।
यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।


