काठमाडौं । कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको बस नवलपरासी पूर्वको दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन् ।
ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए।
बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ। घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।


