काठमाडौं । शनिबार नागरिक लगानीक कोषले आफ्नो ३३औं वार्षिकोत्सव मनाएको छ। कोषको केन्द्रीय कार्यालयमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले कोषले बचत गर्ने र लगानी गर्ने अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयररधितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो।
कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व छ।


