सिन्धुपाल्चोक । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दीपेन्द्र थापा सर्वसम्वत रुपमा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ को वडाअध्यक्ष थिए ।
यसैगरी संघको प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ चयन भएका छन् । उनी नेपाली कांग्रेस निकट हुन् । अध्यक्षका प्रत्यासी रहेका उनी दीपेन्द्रलाई अध्यक्ष मान्न तयार भएका थिए । द्वितीय उपाध्यक्षमा सर्वसम्मत चयन भएका मोहन श्रेष्ठ र तृतीय उपाध्यक्ष घनश्याम नेपाल नेकपा माओवादी केन्द्र निकट हुन् भने महासचिवमा सर्वसम्मत भएका जयचन्द्र लामा र सचिव डबल लामा नेकपा एमाले आवद्ध हुन् । कोषाध्यक्ष बालसुन्दर कटवाल पनि नेपाली कांग्रेस सम्बद्ध हुन् । सह कोषाध्यक्षमा राजेन्द्र विक्रम थापा राप्रपाका हुन् । सदस्यहरुको लागि भएको निर्वाचनमा रबिन्द्र सिलवाल,बिनोद लामा घिसिङ, भेषनाथ सापकोटा, बुद्ध घले,टंक प्रसाद दुलाल,सरोज केसि,श्रेष्ठ निर्वाचित भएका छन् ।
पदाधिकारीमा भने प्रमुख चार राजनीतिक दलले दुई–दुई पद भागबण्डा गरेका थिए ।


