काठमाडौं । मंगलबार ७० अंकले गिरावट आएको नेप्सेमा बुधबार भने ९.३३ अंकले बृद्धि भएको छ ।
आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।
यसदिन १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशत घटेको छ ।


