काठमाडौं । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । विहीबार नेप्से पाँच दशमलव ८३ अंकले घटेको हो ।
विहीबार दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको छ ।
लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ ।


