काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार बजार परिसूचक नेप्सेमा झिनो अंकको सुधार देखिएको छ ।
बुधबार नेप्से परिसूचक ४ दशमलव ९२ अंकले बढेर २०९० दशमलव ६४ को विन्दुमा पुगेको छ ।
बुधबार ३१३ कम्पनीका ६५ हजार ४ सय ६३ पटकको कारोबारमा ७ करोड ७३ लाख २ हजार २ सय ३४ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ रहेको छ ।


