काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। हिजो प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय रुपैयाँ नै कारोबार भइरहेको छ ।
यसैगरी आज तेजावी सुन पनि तोलामा ८ सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ ।


