काठमाडौं । मंगलबार केही उकालो लागेको शेयर बजार बुधबार पुनः ओरालो आगेको छ । बुधबार नेप्सेमा १३.६८ अंकले गिरावट आएको हो ।
बुधबार ८४ करोडको कारोबार भएको छ। कारोबारमा आएका २६४ कम्पनीहरुमध्येमा ४० कम्पनीको सेयरमूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ। आज नेप्सेमा शिवम सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको ७ करोड १ लाख रुपैयाँको कारोबार भएको छ।
आज नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ९२१ रुपैयाँ पुगेको छ।


