काठमाडौं । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभामा हंगामा भएको छ । सभा सुरु हुने बित्तिकै केही शेयर धनीहरुले गणपुरक संख्या नपुगिकन सभा सुरु गरेको भन्दै बिरोध गरेका थिए ।
कम्पनी ऐन २०६३ अनुसार कुल चुक्ता पुँजीको ५० प्रतिशतभन्दा बढी शेयरधनी उपस्थित भएको एकिन भएपछि मात्र सभा सञ्चालन गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
बिवाद भएपछि सभा १ घण्टा पछि मात्र सुरु गरिएको थियो । सभामा शेयरधनी अंगराज भारतीले बैंकले आर्थिक वर्ष २०७३/७४ मा उत्पादनशील क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा नपु¥याएबापत राष्ट्र बैंकलाई तिर्नुपर्ने २ करोड ७९ लाख ९ हजार ६ सय ८८ रुपैयाँ जरिवाना तिरेर मात्र लेखापरीक्षण प्रतिवेदन पास गर्न माग गरे पनि बैंकका कम्पनी सचिवले अध्यक्षको निर्देशनमा एकतर्फी रुपमा प्रस्तावहरु पेस गर्दै पारित भएको घोषणा गरेका थिए ।
होहल्लाकै बीच आर्थिक बर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने लेखापरीक्षण प्रतिवेदन, प्रस्ताव ध्वनि मतका आधारमा पारित भएको छ भने बिशेष प्रस्ताव अन्तरगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड शेयर स्वाप रेसियो १ः१ मा रहि मर्जर हुने प्रस्ताव पनि पारित गरेको छ ।


