काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले बीबीएसका विद्यार्थीलाई लक्षित गरेर आइतबार स्मार्ट प्यालेसमा अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको छ ।
चर्चित पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव साझा गरेका थिए । उनले बीबीएस राम्रोसँग पढे विदेश जान जरूरी नभएर देशमै सफल व्यवसायी हुन सकिने बताए ।
कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै कलेज हाल काठमाडौँको एक राम्रो कलजेमा पर्न सफल भएको सुनाएका थिए ।
प्रमुख अतिथि विमलकुमार होडाले विद्यार्थी शिक्षकसँगै सिङ्गो संस्थालाई नै सफलताको शुभकामना दिएका थिए। सो क्रममा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।


