काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।
करिव ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा सूचना आयोगका पूर्व आयुक्त हुन् पोखरेल।
राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा सुरेशचन्द्र चालिसे र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन्।


