काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी शनिबार बैंक खोल्न निर्देशन दिएको छ ।
बैंकले शुक्रबार सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिबार र असार ३० गते शनिबार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।
यस्तै असार ३१ गते पनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९\८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।


