काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्चको रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य रहेको टिप्पणी गरेका छन् । अदालतको आदेश आएपछि बिहीबार साँझ प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए । साथै महामन्त्री थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरे ।
उनले भने, ‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।’


