काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार छुट सुविधा नदिने अस्पताल अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । उनले यसबारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।
मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” “यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”


